अपराजित सुदूरपश्चिम प्ले अफमा प्रवेश
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ।
जारी एनपिएलमा एक मात्र अपराजित सुदूरपश्चिम प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। सुदरले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले माथ दियो।
सुदरको जितमा विनोद भण्डारी र इशानको सानदार साझेदारी र अविनाश बोहराको बलिङ प्रमुख रहयो। जितको लागि १ सय ४६ रनको चुनौती पछाएको सुदरले १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै जित आफ्नो पक्षमा पार्यो।
सुदरले खराब सुरुवात गर्दै पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन्। कसिलो बलिङ गर्दै जनकपुरले सुदरलााइ पहिलो पावर प्लेमा २ विकेट गुमाउँदै २८ रनमा रोक्न सफल भयो।
सुदरले सामना गरेको पहिलो बलमा नै ओपनर जस ब्राउन गोल्डेन डक आउट भए। माज सडाकतले ब्राउनलाई बोल्ड आउट गरे। वान डाउमा क्रिजमा छिरेका क्रिस लिनलाई सञ्जय कृष्णमुर्तीले शुभम कंसाकारद्वारा कमयाच आउट गराए। मात्र १ रन जोड्दा १ ओभर ३ बलमा २ विकेट गुमाउँदा बिर्सनलायक सुरूवात गर्यो।
यसपछि दुई नेपाली खेलाडी विनोद भण्डारी र इशान पाण्डेले इनिङ्स सम्हाले। १० ओभरको समाप्तीमा सुदरले ६३ रन बनाए। यो साझेदारी तोड्दै जनकोुरलाई ब्रेक-थ्रु उिने मौका मयांन यादवले चुकाए। १२ औं ओभरको अन्तिम बलमा ३३ रनमा रहेका विनोदको क्याच छुटाए।
विनोद र इशानले तेस्रो विकेटको लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे। विनोद ४९ बलमा ३ चौका र १ छक्का सहित ४२ रनमा आउट भए। १३ ओभर ५ बलमा विनोद आउट हुँदा सुदरलाई जितको लागि ३७ बलबाट ५३ रन जरूरी थियो।
यसपछि कप्तान दीपेन्द्र क्रिजमा छिरे। १५ ओभरको समाप्तीमा १०३ रन बनाउँदा सुदुरको जित सहज बनेको थियो। १६ औं ओभरमा आदित्य महतालाई लगातार २ चौका प्रहार गरेर अर्धशतक बनाए। ३३ बलमा ७ चौका र १ छक्का सहित ५० रन पुरा गरे। अर्को बलमा पनि चौका प्रहार गरे भने
चौथो बलमा ईशान आउट भए। उनले ५६ रनको प्रभावशाली प्रदर्शन गरे।
१८ बल बाँकी छँदा १६ रन जरूरी थियो। १८ औं ओभरको पहिलो दुई बलमा हर्मितले लगातार दुई छक्का र चौथो बलमा पनि छक्का प्रहार गर्दा सुदुर ६ विकेटको जित निकाल्न सफल रहयो।
बलिङमा माज सदाकतले २ तथा सञ्जय र आदित्यले १/१ विकेट लिए।
यसअघि जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रप गरेर एनपिएलमा एक मात्र खेल खेलेका वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो। पार्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। २० ओभरमा ८ बिकेट गुमाउँदै १ सय ४५ रन बनायो। जारी एनपिएलमा जनकपुरले बनाएको यो सर्वाधिक योगफल हो।
पुछारमा रहेको जनकपुरलाई प्ले अफ संभावनालाई कायमै राख्न जित जरूरी थियो। तर सुरुवात कमजोर गर्यो। पहिलो पावर प्लेमा ३ विकेट गुमाएर मात्र ३५ रन बनायो। ओपनर आशिफ शेख रनको खाता नखोली आउट भए। ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ११ रन जोड्दा दोस्रो विकेट गुमायो् मयांक यादव ६ रन जोडेर स्कट कुगेलनको बलमा आउट भए।
निरन्तर अन्तरालमा विकेट लिन सफल सुदुरले छैटौं ओभरमा कप्तान दीपेन्द्र सिंह ऐरीले छैटौं ओभरमा ओपनर माज सदाकतलाई बोल्ड आउट गरे। उनी १२ रनमा आउट भए। क्रिजमा दुई विदेशी खेलाडी सञ्जय कृष्णमुर्ती र जान निकलो लोफ्टी थिए। १० ओभरको समाप्तीमा जनकपुरले ५५ रन मात्र बनायो।
सञ्जय र लोफ्टीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। ३३ बलमा २ चौका र २ छक्का सहित ३९ रन जोडेर लोफ्टी अविनाश बोहराको बलमा हर्मित सिंहद्वारा क्याच आउट भए। यतिखेर टिमले ७४ रन बनाएको थियो। क्रिजमा रहेका सञ्जयलाई आदित्य महताले साथ दिए। सञ्जयले ३७ बलमा ४ चौका २ छक्का सहित अर्धशतक बनाए। अर्धशतक बनाए लगतै सञ्जय अविनाश बोहराको बलमा बोल्ड आउट भए। उनले आदित्यसँग मिलेर पाँचौं विकेटको लागि ५५ रनको साझेदारी गरे।
सञ्जयको ठुलो विकेट लिए लगतै अविनाशले अर्को बलमा शुभ कंसाकारलाई गोल्डेन डक आउट गर्न सफल भए। दुई सन्तोषजनक साझेदारी गरेर इनिङस उकास्ने प्रयास गरेपनि जनकपुरले मात्र ३ रन जोड्ने क्रममा ३ विकेट गुमायो। १५ रन बनाएका आदित्य स्कटको बलमा आउट हुँदा १ सय ३१ रन जोड्यो।
कप्तान पार्नेललाई पनि अविनाशले नै आउट गर्दऔ विकेट सङ्ख्या ४ पुर्याए। पार्नेल १२ बलमा १ चौका र १ छक्का सहित १४ रनमा आउट भए।
बलिङमा अविनाशले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभर बलिङ गर्दै ३० रन दिएर ४ विकेट झारे। जारी लिगम उनी ११ विकेट सहुत सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन्। विराटनगरका सन्दीपले १० विकेट लिएका छन्। यस्तै
स्कटले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए।
सुदर जारी लिगको एक मात्र अपराजित टिम हो। उसले लगातार पाँच खेलमा पाँच अंक सहित १० अंक बनाएको छ।
साबिक विजेता जनकपुरको यो लगातार चौथो हार हो। अंकको खाता खोल्न नसकेको जनकपुरको अब प्ले अफ संभावना गणितीय आधारमा मात्र बाकी छ।
यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो तेस्रो हार हो।
भोलि एक खरल हुनेछ। काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेल दिउँसो ४ बजे हुनेछ।
The post अपराजित सुदूरपश्चिम प्ले अफमा प्रवेश first appeared on हाम्रो खेलकुद.