npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

नेपालमा एचआईभी संक्रमण दर घट्दै

Saral Patrika 18 hours ago

काठमाडौँ। नेपालमा एचआईभी संक्रमितको सङ्ख्या विस्तारै घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। यसलाई एड्स नियन्त्रणका प्रयासमा आशाको सङ्केतको रूपमा हेरिएको छ।

विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमानभन्दा संक्रमण दर घटेको जानकारी दिएका छन्। उनले सन् २०२४ को अन्त्यसम्म नेपालमा कुल ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण रहेको पुष्टि गरे।

संक्रमितको अवस्था

सरकारी तथ्याङ्क अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्। लिङ्ग र उमेर समूहअनुसार हेर्दा, १५ वर्षभन्दा माथिका पुरुष संक्रमितको सङ्ख्या १९ हजार २ सय ७९ रहेको छ भने सोही उमेर समूहका महिला संक्रमितको सङ्ख्या १४ हजार छ। यस्तै, १५ वर्षभन्दा मुनिका बालबालिकामा पनि एक हजार ५८ जना एचआईभी पोजेटिभ रहेका छन्।

डा. शर्माका अनुसार संक्रमण दर घटे पनि जोखिम भने पूर्ण रूपमा अन्त्य भएको छैन। हाल पनि नेपालमा दैनिक औसत २ जना नयाँ संक्रमित थपिने गरेको र दिनमा १ जनाको एचआईभीका कारण मृत्यु भइरहेको अवस्था छ।

एड्स महामारी अन्त्यको रणनीति

निर्देशक डा. शर्माले नेपालले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको बताए। यो लक्ष्य हासिल गर्नका लागि सरकारले ‘९५-९५-९५’ को नीति लिएको छ। यसअन्तर्गत, ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशत संक्रमितको भाइरल लोड कम गराउने लक्ष्य छ।

डा. शर्माले यो लक्ष्य पूरा गर्नका लागि आगामी एक वर्षभित्र एचआईभी संक्रमण विरुद्धको ठोस रणनीति बनाउनुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्।

Read more news from Saral patrika

Explore by Source or Category