npl.977 Nepal News Stream

Sutra News logo Sutra News

घट्यो सुनचाँदीको मूल्य

सुत्र न्युज 3 hours ago

काठमाडौं । उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्यमा गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यो अघिल्लो दिनको तुलनामा १ हजार ५ सय रुपैयाँले कम हो। बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज १७० रुपैयाँ घटेर प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ।

Read more news from Sutra News

Explore by Source or Category