आईएसएमटी कलेजबाट १९५ जना दीक्षित, उत्कृष्ट विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति
काठमाडौं । आईएसएमटी कलेजले आफ्नो भव्य दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ।
होटल सोल्टीमा आयोजित समारोहमा बीबीए, बीएचएम, र बीएससी.आईटी (कम्प्युटर साइन्स इन्जिनियरिङ) कार्यक्रमका ५३५ जना विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएकाे हाे ।
समारोहमा नेपालका लागि बेलायती उप-राजदूत डा. ल्युक ब्युमोन्ट र नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए । उनीहरूसँगै सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधिहरू तथा दीक्षित विद्यार्थीका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
उप-राजदूत डा. ब्युमोन्ट र सीईओ ज्ञवालीले दीक्षित विद्यार्थीहरूलाई सफलताको लागि बधाई दिँदै उनीहरूको उज्जवल भविष्यको लागि शुभकामना व्यक्त गरे ।
आईएसएमटी बेलायतको प्रतिष्ठित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हाे । दीक्षान्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको थियो। यसका साथै, आईएसएमटी ग्रुपले ती उत्कृष्ट विद्यार्थीहरूलाई स्नाकोत्तर तहको अध्ययनका लागि आफ्ना क्याम्पसहरूमा शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।