npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ अवधारणामा आधारित तालिमबाट हजारौँ खाद्य व्यवसायी लाभान्वित

पालिका ब्यूरो 3 hours ago

काठमाडौं – खाद्य स्वच्छता प्रवद्र्धन र सुरक्षित खाद्य सेवामार्फत व्यवसायलाई दिगो बनाउने उद्देश्यसहित ‘स्वच्छ खाना ः उत्कृष्ट व्यापार (सेफर फुड ः वेटर बिजनेस)’ अवधारणामा आधारित तालिम सञ्चालन हुँदै आएको छ । उक्त तालिममा खाद्य सेवामा अत्यधिक प्रयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर सहभागी छनोट गरिँदै आएको आयोजकले जनाएको छ ।

तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालन गर्ने ३०० जना व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी तालिम प्रदान गरिएको थियो । दोस्रो संस्करणमा २०८१ सालको दशैँलाई लक्षित गर्दै मासुजन्य खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने ३२१ जना व्यवसायी सहभागी भएका थिए ।

त्यसैगरी, दशैँपछिको तिहार पर्वमा अत्यधिक खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छता सुनिश्चित गर्ने उद्देश्यले तेस्रो संस्करणको तालिम आयोजना गरिएको थियो, जसमा १६२ जना सहभागी भएका थिए । चौथो संस्करणमा होटल, क्याटरिङ र व्याङ्क्वेट सेवा क्षेत्रमा आबद्ध ३६६ जना व्यवसायीलाई तालिम दिइएको थियो ।

पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई लक्षित गरिएको थियो। सो तालिममा ५०५ जना सहभागी भएका थिए। छैटौँ संस्करणमा मिठाईजन्य खाद्य सेवासँग आबद्ध १०५ जना व्यवसायीलाई तालिम दिइएको थियो भने सातौँ संस्करणमा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने ६० जना सहभागी भएका थिए ।

आठौँ संस्करणमा भने मःमः पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी तालिम आयोजना गरिएको थियो, जसमा २५० जना व्यवसायी सहभागी भएका थिए ।

आयोजकका अनुसार तालिममार्फत खाद्य स्वच्छता, सुरक्षित उत्पादन, भण्डारण, सरसफाइ, उपभोक्ता स्वास्थ्य तथा व्यवसायिक दिगोपनाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ। यसले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुका साथै खाद्य व्यवसायको गुणस्तर र विश्वासयोग्यता बढाउन सहयोग पुगेको विश्वास गरिएको छ।

Read more news from PalikaNews

Explore by Source or Category