RONB post
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।
शुक्रबार बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय अनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएको थियो ।
The post निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता appeared first on RONB post.