npl.977 Nepal News Stream

RONB post logo RONB post

नेपालमा ६२ लाख धेरै मानिस गरिबीको रेखामुनि

RONB Post 1 day ago

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो ।

सर्वेक्षणले शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक गरेको हो । सर्वेक्षणले शहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा वार्षिक ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाई गरिब भनेको छ ।

अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । अहिले गरिबीको रेखा मुनि रहेका नागरिकको संख्या करिब ५ प्रतिशतले घटेको हो ।

सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत छ । सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो नम्बरमा छ । कर्णालीमा २६.६९ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि छन् ।

सबैभन्दा कम गरिब जनसंख्या गण्डकी प्रदेशमा छन् । गण्डकीमा ११.८८ प्रतिशत मानिस गरिब रहेको तथ्यांकले देखाएको छ ।

लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, कोशी प्रदेशमा १७.१९ प्रतिशत र बागमती प्रदेशमा १२.५९ प्रतिशत गरिबीको दर छ ।

प्रतिवेदनअनुसार ७५३ पालिकामध्ये सबैभन्दा धेरै जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७.८९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

०७८ को जनगणना अनुसार त्यहाँ २३ हजार ७७१ मध्ये १८ हजार ५५१ जना गरिबको रेखामुनि छन् । त्यस्तै, मुगुको सोरू गाउँपालिकामा ७२.३६ प्रतिशत अर्थात् १० हजार ३३० जना गरिबीको रेखामुनि छन् । दुवै स्थानीय तह कर्णाली प्रदेशका हुन् ।

सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा ५९ हजार २१८ नागरिक गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ ।

महानगरमा आठ लाख ६२ हजार चार सय जनसंख्यामध्ये ८.८७ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

The post नेपालमा ६२ लाख धेरै मानिस गरिबीको रेखामुनि appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category