npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

इन्द्र कमल रोक्का 1 day ago

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा आगामी सहकार्य विस्तारका विषयमा कुराकानी भएको थियो ।

Read more news from Kendrabindu

Explore by Source or Category