निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुई पक्षको नाराबाजी, बढाइयो सुरक्षा तैनाथी
काठमाडौं। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसका दुई पक्ष हुलसहित धाउन थालेपछि निर्वाचन आयोगमा सुरक्षा तैनाथी बढाइएको छ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षले आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै नेता तथा कार्यकर्ताको उपस्थितिमा दबाब बढाएपछि आयोगमा सुरक्षा तैनाथी बढाइएको हो।


आफ्नो पक्षले मान्यता पाउनुपर्ने माग गर्दै शुक्रबार दुवै पक्षमा आयोग पुगेका थिए।

बिहान देउवा पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु कार्यकर्ता आयोग पुगेकामा अपराह्न गगन पक्षका नेताहरु गएका थिए।

गगन पक्षले आफूहरुले पार्टीको विधानमा भएको व्यवस्था अनुसार विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनेको भन्दै देउवा पक्षको धम्कीबाट नडराउन आयोगका आयुक्तहरुसँग आग्रह गरेको छ।

गगन पक्षका नेताहरु आयोगबाट बाहिरिएको केहीबेरमा देउवा पक्षका तरुण दलका कार्यकर्ताले आयोग बाहिर नाराबाजी गर्न थालेका छन्।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गगनको नेतृत्वलाई मान्यता दिए देशव्यापीरुपमा आन्दोलन गर्ने धम्की दिंदै त्यसका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएपछि तरुण दलमा आवद्ध युवाहरु नाराबाजीमा उत्रिएका हुन्।

त्यसको प्रतिरोधमा गगन पक्ष पनि नाराबाजीमा उत्रिएको छ। जसका कारण प्रहरीले पानीको फोहोर प्रयोग गर्न ट्यांकर तयारी अवस्थामा राखेको छ।


The post निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुई पक्षको नाराबाजी, बढाइयो सुरक्षा तैनाथी appeared first on BIZMANDU.