विजय लघुवित्तले ४ करोड ६६ लाखको एफपीओ निष्कासन गर्दै, सेबोनले दियो अनुमति
Sunil Kunwar
|
13 hours ago
काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार लघुवित्तको एफपीओ स्वीकृत गरेको हो। लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्दैछ।
प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न लागेको हो। लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
The post विजय लघुवित्तले ४ करोड ६६ लाखको एफपीओ निष्कासन गर्दै, सेबोनले दियो अनुमति appeared first on BIZMANDU.