npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो : मुख्यमन्त्री बानियाँ

इन्द्र कमल रोक्का 4 hours ago

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उनले प्रदेशको शान्तिसुरक्षालाई सुदृढ बनाउँदै नागरिकलाई पुर्ण रूपमा भयरहित वातावरणको प्रत्याभुति दिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

मुख्यमन्त्री बानियाँले शान्तिसुरक्षा सुदृढीकरण गर्दै छिटोछरितो सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। सवारीसाधनको अभावमा प्रहरीलाई सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउन नसकिएको अवस्थालाई मध्यनजर गरी मोटरसाइकल उपलब्ध गराइएको मुख्यमन्त्री बानियाँले बताए।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ३० थान मोटरसाइकल हस्तान्तरण गरे। सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले रु ९७ लाख २० हजार मूल्य बराबर मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण उनले जानकारी दिए ।

राष्ट्रियस्तरबाट बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस प्रणालीयुक्त छन् । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सुरक्षाकर्मीको उपस्थिति थियो ।

Read more news from Kendrabindu

Explore by Source or Category