npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चुनावका लागि सरकारले सबै किसिमको सहयोग गर्ने, दुई मन्त्रीले आयोग पुगेर जनाए प्रतिबद्धता

Basudev Timalsina 3 hours ago

काठमाडौं। सरकारले प्रतिनिधि सभा निर्वाचन गर्नका लागि बजेट अभाव हुन नदिने र कानुनी सहायता पनि उपलब्ध गराउने बताएको छ।

अर्थमन्त्री रामेश्वर खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले सोमबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्थाबारे छलफल गरी आयोगलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ। यस्तै कानुनमन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानुनी सहायता उपलब्ध गराउने बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हालिरहेका सिन्हाले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादन प्रयोग गर्न आयोगलाई आग्रह गरे।


The post चुनावका लागि सरकारले सबै किसिमको सहयोग गर्ने, दुई मन्त्रीले आयोग पुगेर जनाए प्रतिबद्धता appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category