npl.977 Nepal News Stream

Sutra News logo Sutra News

विश्वप्रकाशले किन महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएर गुरू घिमिरेलाई बनाए ?

सुत्र न्युज 17 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि महामन्त्रीको उम्मेदवारीबाट विश्वप्रकाश शर्माले आफ्नै नाम फिर्ता लिएर गुरूराज घिमिरेलाई अगाडि ल्याएका छन्।

शर्माले महामन्त्रीको प्रतिस्पर्धा छोडेर गुरूराज घिमिरेको उम्मेदवार बनाएपछि महामन्त्रीको लागि दुई उम्मेदवार मात्र बाँकी छन्- गुरूराज घिमिरे र प्रदीप पौडेल।

हालसम्म शर्माले कुन पदमा उम्मेदवारी दिने टुंगो लागिसकेको छैन। दुई उपसभापति पदका लागि फरमुल्लाह मन्सुरको उम्मेदवारी दर्ता भएको छ।

सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी दर्ता भएको छ भने, सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिए।

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गर्नेछ।

Read more news from Sutra News

Explore by Source or Category