npl.977 Nepal News Stream

RONB post logo RONB post

मौद्रिक नीति समीक्षा:’नीतिगत दर र स्थायी तरलता सुविधा घट्यो’ (पूर्णपाठसहित)

RONB Post 6 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ । पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४.५० प्रतिशत थियो ।

त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ ।

ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा (सिम्याट्रिक) कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् राखिएको छ । त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत् राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिदिएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिएको छ ।

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको छ ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नूहोस्

The post मौद्रिक नीति समीक्षा:’नीतिगत दर र स्थायी तरलता सुविधा घट्यो’ (पूर्णपाठसहित) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category