npl.977 Nepal News Stream

Sutra News logo Sutra News

पुसमा कांग्रेसको १५औँ महाधिवेशन, यस्तो छ कार्यतालिका

सुत्र न्युज 5 hours ago

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति तोकेको छ । सोमबार केन्द्रीय समिति बैठकले आगामी पुसमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

गाउँ–नगर वडा अधिवेशन पुस १६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गतेका लागि बैठकले मिति तोकेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले जिल्लामा अधिवेशन पुस २२ गते मिति तोकिएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ का लागि तोकिएको छ ।

साथै बैठकले पारित गरेको कार्यतालिका अनुसार मंसिर २५ गतेभिक्र त्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाइसक्नुपर्नेछ ।

क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्म कायम राखिएको प्रवक्ता महतले जानकारी दिए ।

Read more news from Sutra News

Explore by Source or Category