npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

६ महिनामा सवा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता, धेरै परियोजना आइटी क्षेत्रमा

Sarala Subedi 5 hours ago

काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा सवा ३९ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार साउनदेखि पुससम्म ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबर वैदेशिक प्रतिवद्धता आएको हो।

विभागले ६ महिनामा ४७५ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ।तीमध्ये ४६० वटा साना, ८ वटा मझौला र ७ वटा ठूला उद्योग हुन्।

आइटी क्षेत्रमा सबैभन्दा बढी परियोजना

विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ।

परियोजनाको संख्याका आधारमा सूचना प्रविधि र लगानी रकमका आधारमा कृषि, उत्पादनमूलक उद्योग र पर्यटन क्षेत्रमा धेरै लगानीको प्रतिबद्धता आएको छ।

कृषि क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड, पर्यटन क्षेत्रमा १४५ वटा परियोजनाका लागि १० अर्ब ५४ करोड २० लाख, सेवामूलक क्षेत्रमा ३१ परियोजनाका लागि ३ अर्ब ४६ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा २७ परियोजनाका लागि २ अर्ब ३ करोड २३ लाख र सूचना प्रविधि क्षेत्रमा २५७ वटा परियोजनाका लागि १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

चालु आर्थिक वर्ष पूवार्धार परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छैन।

पुसमा उद्योग दर्ता संख्या घटेको छ। पुसमा ८६ वटा उद्योग दर्ता भएका विभागले जनाएको छ। मंसिरमा १२० उद्योग दर्ता भएका थिए।

The post ६ महिनामा सवा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता, धेरै परियोजना आइटी क्षेत्रमा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category