npl.977 Nepal News Stream

Taksar News logo Taksar News

औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना

टक्सार न्युज 8 hours ago

काठमाडाैँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । 

सोमवार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूकाे माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।

सरकारले आफूहरूको मागको सुनुवाई गर्नुको साटो शान्तिपूर्ण रुपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाए ।उनले आफूहरूको माग तत्काल सुनुवाई नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिए ।

औषधि व्यवसायीहरूले व्यवसायिक नविकरण ढिला भएमा स्वतः व्यवसाय रद्ध हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् ।

व्यवसायी पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रुपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताए ।

Read more news from Taksar News

Explore by Source or Category