npl.977 Nepal News Stream

RONB post logo RONB post

हारबाट जोगियो रियल, शीर्ष स्थानमा फर्कने मौका गुमायो

RONB Post 5 hours ago

काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

आइतबार जिरोनासँग बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ।
खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो।

मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि गुमायो। बराबरीपछि रियल १४ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलमा ३४ अंक छ ।

अघिल्लो दिन भएको खेलमा बार्सिलोनाले अलाभेसलाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो। रियलको बराबरीपछि बार्सिलोना कम्तीमा यो सातालाई शीर्षमा कायमै रहनेछ।

The post हारबाट जोगियो रियल, शीर्ष स्थानमा फर्कने मौका गुमायो appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category