माछापुच्छ्रे एसआइपी योजनाको इकाई निष्कासन खुला, १ करोड २५ लाख कित्तामा आवेदन माग
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी कोषको इकाई निष्कासन गरेको छ। क्यापिटलले आइतबारदेखि एमबिएल सामूहिक लगानी कोष अन्तर्गत माछापुच्छ्रे एसआइपी योजनाको इकाई बिक्री खुलाएको हो।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा राखेको छ। एमबिएल खुलामुखी प्रकृतिको योजना हो।
५ करोड इकाई आकारको योजनामा कूल निष्कासनमध्ये १४ प्रतिशत कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको छ।
सर्वसाधारणलाई १ करोड २५ लाख कित्ता इकाई बिक्री खुला गरिएको छ। इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलले जनाएको छ।
The post माछापुच्छ्रे एसआइपी योजनाको इकाई निष्कासन खुला, १ करोड २५ लाख कित्तामा आवेदन माग appeared first on BIZMANDU.