npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

इन्टर मियामी एमएलएस कपको फाइनलमा

Prakash Timalsina 1 day ago

एजेन्सी – लियोनेल मेस्सी अर्को उपाधिका लागि तयार हुनुपर्ने भएको छ। उनका पुराना साथी जोर्डी आल्बा र सर्जियो बुस्केट्सन पनि अझै सशक्त प्रदर्शन गरिरहेका छन्।

टाडेओ अलान्डेले ह्याट्रिक गर्दै चम्किए । पहिलो दुई गोलमा मेस्सीसँग धेरै वर्ष खेलेका आल्बा र बुस्केट्सले पास दिएका थिए। दुवै खेलाडी यो सिजनपछि अवकाश लिँदैछन्।

शनिबार राति इन्टर मियामीले न्युयोर्क सिटी एफसीलाई ५-१ ले हराउँदै इस्टर्न कन्फ्रेन्सको उपाधि जित्यो । योसँगै मियामी एमएलएस कप फाइनलको फाइनल पुगेको छ।

मियामीका लागि माटेओ सिल्भेट्टीले ६७औँ मिनेटमा गोल गरे । त्यसमा मेस्सीले असिस्ट दिएका थिए। यो उनको खेल जीवनको ४ सय पाँचौं असिस्ट हो ।

८३औँ मिनेटमा आल्बाले पासमा टेलास्को सेगोभियाले गोल गरे। १४ र २३ औं मिनेटमा गोल गरेका ओलान्डेले ८९औँ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक गरे।

इस्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा रहेको मियामीले डिसेम्बर ६ मा सेन डिएगो वा भ्यान्कुभरसँग उपाधिको लागि खेल्नेछ। सेन डिएगो र भ्यान्कुभर वेस्टर्न कन्फ्रेन्सको उपाधिका लागि खेल्दैछन्।

मियामीका लागि यो पहिलो एमएलएस फाइनल हो ।५ सिजनमा टोली प्लेअफको पहिलो चरण पार गर्न पनि सकेको थिएनन्।

मेस्सीको क्लबले यो सिजन भ्यान्कुभरविरुद्ध दुवै खेल हारेको थियो। कन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा समग्रमस ५-१ ले पराजित भएको थियो।

The post इन्टर मियामी एमएलएस कपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category