npl.977 Nepal News Stream

Sutra News logo Sutra News

गगन-विश्वलाई गरेको कारबाही विशेष महाधिवेशनको हलले गर्यो खारेज

सुत्र न्युज 20 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारबाही विशेष महाधिवेशनले खारेज गरेको घोषणा गरेको छ।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट गगनले बोलिसकेपछि उद्घोषकले गगन-विश्वलाई गरेको कारबाही खारेज गरेको सुनाए।

त्यसअघि पूर्व केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले फेसबुकमा लेखेका छन् ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विघठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रूपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौं भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ।’

Read more news from Sutra News

Explore by Source or Category