npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई, हात पारे १ लाख ७० हजार

Mukunda Ghimire 4 hours ago

काठमाडौं।  सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्।

शुक्रबार सम्पन्न अन्तिम राउन्डमा ३-अन्डर ६७ को कार्ड बनाएका उनले समग्रमा  ५४ होलको खेल १५-अन्डर १ सय ९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि रक्षा गर्न सफल भएका हुन्।  उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरको चौथो उपाधि जिते। उपाधिसँगै निरजले नगद १ लाख ७० हजार रुपैयाँ प्राप्त गरे।

राहुलले आज २-अन्डर ६८ खेल्दै ९-अन्डर २ सय १ को कुल स्कोरसहित समग्रमा दोस्रो स्थान हासिल गरे भने एमेच्योरतर्फको उपाधि जिते। सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनमा राहुलले बलियो प्रदर्शन गर्दै शीर्षस्थानमा रहेका थिए।

प्रो बलभद्र राई अन्तिम दिन ५-अन्डर ६५ को उत्कृष्ट प्रदर्शनमा समग्रमा ६-अन्डर २ सय ४ को स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भए।  उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गरी कुल ५२ खेलाडीले सहभागिता जनाएका थिए। यो प्रतियोगितामा कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको थियो।

The post सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरजलाई, हात पारे १ लाख ७० हजार appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category