Sutra News
अभिनेत्री सामन्था रूथले गरिन् राज निदिमोरूसँग विवाह (तस्बिरहरू)
सुत्र न्युज
|
4 hours ago
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले सोमबार ‘द फैमिली म्यान’का प्रोड्युसर–डायरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छन्। यो जोडीको विवाह कोयम्बटूरको ईशा योग सेन्टरस्थित लिंग भैरवी मन्दिरमा सम्पन्न भएको हो।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, अभिनेत्रीका नजिकका स्रोतले सामंथा र राजको विवाहको जानकारी पुष्टि गरेका छन्।
रिपोर्टका अनुसार, सामंथाले विवाहमा रातो सारी लगाइकी थिइन्। यो एक अत्यन्तै अन्तरङ्ग विवाह समारोह थियो, जसमा करिब ३० जना मात्र आफन्त र नजिकका साथी सहभागी थिए। सामन्था र राज दुवैले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिए।
