रियल हारबाट जोगियो
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ।
खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि गुमायो।
पहिलो हाफ सकिनुअघि एम्बाप्पेले गरेको गोल ह्यान्डबलको कारण भिएआरले रद्द गरिदियो। त्यसपछि इन्जुरी समयमा जिरोनाका लागि ओनाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा भिनिसियसले गरेको गोल अफसाइड भन्दै रद्द भयो। ६७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एम्बाप्पेले सहजै गोल गर्दै खेल १-१ बनाए।
अन्तिम मिनेटहरूमा रियलले लगातार दबाब दियो। एम्बाप्पे र भिनिसियसले धेरै मौका पाए पनि गोलमा बदल्न सकेनन्। खेलको अन्तिम प्रहारमा एम्बाप्पेको शट थोरै बाहिरिँदा रियलले जित गुमायो।
बराबरीपछि रियल तालिकाको दोस्रो स्थानमै रह्यो । शीर्षस्थानको बार्सिलोनाभन्दा टोली १ अंकले पछि छ।
ला लिगामा आइतवारको नतिजा र तालिकाकामा शीर्ष १० टोली


The post रियल हारबाट जोगियो first appeared on हाम्रो खेलकुद.