–यापिड एक्सन टास्क फोर्स गठन
इन्द्र कमल रोक्का
|
2 hours ago
देवदह। भैरहवास्थित भीम अस्पतालमा ‘-यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा विनोद खनाल, डा आरिफ हुसेन, डा रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त रहेका छन् ।
पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पतालको प्रमुख डा वर्षा थापाले जानकारी दिइन्।
सिद्धार्थनगर नगरपालिका–१३ मा अवस्थित भीम अस्पताल १९९० सालमा स्थापना भएको हो ।