npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसको विशेष महाधिवेशनबारे हिजै पत्र आएको थियो : आयोग

नेपालन्युज 17 hours ago

काठमाडौँ। निर्वाचन आयोगमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले हिजै (मंगलबार) निर्वाचन आयोगमा पत्राचार गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा हिजै जानकारी गराएको प्रवक्ता भट्टराईको भनाइ छ। शेरबहादुर देउवा पक्षले भने बुधबार पत्र पठाएको भट्टराईले नेपालन्युजलाई जानकारी दिए।

“उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरू विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ। विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ‚” भट्टराईले भने। विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएर आज (बुधबार) आफूहरूले कुनै महाधिवेशन वा भेला नगरेको भन्दै पत्र पठाएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category