npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजस्व संकलन

Nepal Watch 18 hours ago

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस महिनामात्रैको राजस्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ । त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

त्यस वर्ष पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ । बाँकी महिनामा राजस्व संकलनलाई तीव्र बनाउन नीतिगत र कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास हुने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

पाण्डेयले भने, ‘जेनजी आन्दोलनका कारण पहिलो त्रैमासमा राजस्व संकलनमा केही अप्ठ्यारा आए, तर पछिल्ला दिनमा राजस्व संकलन सकारात्मक छ, आगामी दिनमा लक्ष्य अनुसार राजस्व उठ्ने सम्भावना छ ।’ पाण्डेयका अनुसार अर्थ मन्त्रालयले राजस्व चुहावट रोक्दै आगामी दिन लक्ष्यअनुसार राजस्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्

Read more news from NepalWatch

Explore by Source or Category