npl.977 Nepal News Stream

Sutra News logo Sutra News

निर्वाचन आयोगमा देउवाले पठाएको पत्रमा के छ ?

सुत्र न्युज 18 hours ago

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलार्ई कारबाही गरेकोबारे निर्वाचन आयोगलाई जानकारी गराइएको छ ।

बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति (संस्थापन समूह)को बैठकले गगन, विश्व र फरमुल्लाहलाई अनुशासनको कारबाही गर्दै ५ वर्षका लागि पार्टीको सदस्यसमेत नरहने गरी निष्काश गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णयबारे आयोगलाई जानकारी गराइएको छ । सभापति शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ । पत्रमा के के उल्लेख छ भन्ने खुलिसकेको छैन । तर, गगन, विश्व र फरमुल्लाहलाई कारबाही गरिएको व्यहोरा भने उल्लेख रहेको बताइएको छ ।

आाफूहरुलाई कारबाही गरिएको विषयमा आयोगमा पत्र पुगेको गगनले विशेष महाधिवेशनमा सम्बोधन गर्दासमेत बताएका थिए । विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै गगनले आफूहरुलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र पठाएको बताएका थिए । उनले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मात्र चिन्ने बताएका थिए ।

गगन–विश्वप्रकाशको आह्वानमा गत आइतबारदेखि जारी विशेष महाधिवेशनमा बुधबार नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

Read more news from Sutra News

Explore by Source or Category