npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

धरानमा खुकुरी प्रहार गरी युवकको हत्या

Saral Patrika 1 day ago

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित पुण्य मार्गमा मंगलबार साँझ एक युवकको हत्या भएको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार स्थानीय ३५ वर्षीय रुपक राईको खुकुरी प्रहारबाट हत्या भएको हो।

साँझ ६:३० बजेतिर खुकुरी प्रहार हुँदा रुपकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ३३ वर्षीय रविन राईको खुकुरी प्रहारबाट रुपकको मृत्यु भएको खुलेको छ। खुकुरी प्रहार गर्ने रविन मृतकका मामाका छोरा रहेको बताइएको छ।

प्रहरीले अभियुक्त रविनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। शरीरका विभिन्न भागमा चोट लागेको छ। दुईबीच के विषयलाई लिएर झगडा भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको र घटनाको कारण प्रष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read more news from Saral patrika

Explore by Source or Category