npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको माहोल बन्यो : अध्यक्ष दाहाल

नेपालन्युज 2 hours ago

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज (सोमबार) दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन्। भेटमा भण्डारीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीबारे जानकारी दिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ।

साथै उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले गरिरहेका कामबारे जानकारी गराएका थिए। त्यसअवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए। साथै दाहालले निर्वाचनको काममा राष्ट्रिय सभाले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए।

Read more news from नेपाल न्युज

Explore by Source or Category