npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

हरलिनको अर्धशतकमा युपी वारियर्जको पहिलो जित

Prakash Timalsina 7 hours ago

एजेन्सी – भारतमा जारी महिला प्रिमियर लिग (डब्ल्युपिएल) २०२६ मा युपी वारियर्जले सिजनको पहिलो जित निकालेको छ।

डिवाई पाटिल मैदानमा बिहीवार भएको खेलमा युपी वारियर्जले साविक विजेता मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो। नाट सिभर–ब्रन्टले ४३ बलमा ९ चौका १ छक्कासहित ६५ रनको महत्वपूर्ण इनिङ खेलिन् ।

अमनजोत कौरले ३३ बलमा ७ चौकाका साथ ३८ रन जोडिन्। निकोला केरीले २० बलमा ५ चौकासहित नटआउट ३२ रन बनाइन् । युपी वारियर्जका लागि शिखा पाण्डे, दिप्ती शर्मा, सोफी इलोस्टोन र आशा सोभानाले समान १ विकेट लिए।

१ सय ६२ रनको लक्ष्य पछ्याएको यूपी वारियर्जले १८.१ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। हरलिन देओलले ३९ बलमा १२ चौकासहित नटआउट ६४ रन बनाउँदै टोलीको जितमा मुख्य भूमिका खेलिन्।

उनलाई क्लोई ट्रायनले ११ बलमा नटआउट २७ रन बनाएर राम्रो साथ दिइन्। मेग ल्यानिङ र फोएबे लिचफिल्डले समान २५ रन जोडे। मुम्बईकी नाट सिभर–ब्रन्टले २ विकेट लिएकी थिइन्।

यो जितसँगै युपी वारियर्जले प्रतियोगितामा चौथो खेलमा पहिलो अंक जोडेको छ । मुम्बई इन्डियन्सको चौथो खेलमा दोस्रो हार बेहोरेको छ।

The post हरलिनको अर्धशतकमा युपी वारियर्जको पहिलो जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category