npl.977 Nepal News Stream

Himal Press logo Himal Press

मधेशका मुख्यमन्त्री नियुक्तिविरूद्धको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

Dhairya Kanta Dutta 1 hour ago

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नियुक्तिविरूद्धको मुद्दामाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतलका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको हो।

विपक्षीतर्फका कानुन व्यवसायीपछि रिट निवेदकतर्फका कानुन व्यवसायीहरूले बहस गरेपछि मुद्दामाथिको सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएपछि साँझ ५ बजेसम्म आदेश आउने बताइएको छ। रिटमाथिको सुनुवाइ दुईपटक ‘हेर्दाहेर्दै’ मा परेको थियो।

यसअघि मंसिर २ गते सर्वोच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यस्तै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म दीर्घकालीन निर्णय नगर्न सरकारको नाममा आदेश जारी गरेको छ।

मधेश प्रदेशसभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते बिहान ४ बजे मुख्यमन्त्री यादवलाई बर्दिवासको एक होटलमा शपथ दिलाएकी थिइन्।

भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाका एमालेबाहेकका सबै दल विरोधमा उत्रिएका छन्।

Read more news from Himal Press

Explore by Source or Category