npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन आयोगले मान्यता दिएन भने देशभर आन्दोलन हुन्छ : पूर्णबहादुर खड्का

नेपालन्युज 3 hours ago

काठमाडौँ। शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा पदाधिकारी चयन भइसकेको छ। यो समूहले सनाखत तथा अद्यावधिक गर्न भनी निर्वाचन आयोगमा दस्ताबेज बुझाइसकेको छ।

यता देउवा पक्षले पनि आजै आयोग पुगेर आफ्नो आधिकारिकता दाबी गरिसकेको छ।

आयोगबाट फर्किएर सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले आयोगले कांग्रेसको विधानविपरीत निर्णय गरेमा आफूहरूले वडा वडामा चारतारे झन्डा लिएर आन्दोलित हुने बताएका हुन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category