राजुनाथ पाण्डेले दिए राजीनामा, अब चुनावको तयारी गर्ने !
Sudarshan Shrestha
|
7 hours ago
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ २ गते (शुक्रबार) उनले पदबाट राजीनामा दिएका हुन् ।
पाण्डेले माघ ४ गतेदेखि लागू हुनेगरि पदबाट राजिनामा दिएको बताएका छन् ।
महानगर प्रहरी बलको प्रमुखबाट राजीनामा दिएका पाण्डे फागुन २१ गतेको चुनाव लड्ने तयारीमा छन् । उनले यसअघि मेयर शाहसँगै आफूले पनि पदबाट राजीनामा दिने र प्रतिनिधि सभाको चुनाव लड्ने संकेत गरेका थिए ।
पाण्डे निकट स्रोतका अनुसार उनी फागुन २१ गतेको चुनावबाट सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका छन् ।