npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य

नेपालन्युज 3 hours ago

काठमाडौं। दयानन्द मण्डलले ६ विकेट लिएसँगै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न सामान्य लक्ष्य पाएको छ।

घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८ रनको लक्ष्य दिएको हो।

नेपालका मण्डलले ६ विकेट लिँदै यूएईको ब्याटिङ अडरलाई धराशायी बनाए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए।

अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १-१ विकेट रह्यो।

यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए।

Read more news from नेपाल न्युज

Explore by Source or Category