Sutra News
मालवाहक ट्रक पल्टिँदा ५ जनाले गुमाए ज्यान
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा मालवाहक ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान मार्बल बोकेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार ५ जनाको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् ।
मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको सो ट्रकमा परेलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।