npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

नेपाली काँग्रेसको सभापतिमा प्रष्ट नेता गगन निर्विरोध !, विधिअनुसार नचल्ने भ्रष्टहरुको विरोध !

Sudarshan Shrestha 1 hour ago

काठमाडौँ । नेपाली काँग्रेसमा प्रष्ट नेताका रुपमा पहिचान बनाएका गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । विशेष महाधिवेशनबाट सभापतिका लागि एक्लो उम्मेदवारी दिएका थापा नेपाली काँग्रेसको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

शेरबहादुर देउवा समूहले गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेतालाई कारवाही गरेपछि नेतृत्व चयनको बाटो खुला भएको अभिव्यक्ति दिएका गगन थापा सोही दिन सभापतिमा निर्विरोध निर्वाचित भए ।

गगन थापा सभापतिसहित विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

सभापतिमा गगन थापासहित नयाँ कार्यसमिति चयनपछि विशेष महाधिवेशन स्थल (भृकुटिमण्डप)मा गगनको पक्षमा चर्को नाराबाजी गरिएको थियो । विशेष महाधिवेशन हल नै ‘गगन दाइ, हाई हाई’को नाराले गुन्जायमान बनेको थियो । गगनको पक्षमा नारा लगाउँदै काँग्रेसीजनहरुले नयाँ नेतृत्वको खुलेर स्वागत गरेका थिए । 

काँग्रेसमा नयाँ नेतृत्वको स्वागतसँगै विधिअनुसार नचल्नेहरुको विरोधमा नाराबाजी पनि गरिएको थियो । महाधिवेशन स्थलमा शेर बहादुर देउवा समूहका नेताहरुविरुद्ध पनि नाराबाजी गरिएको थियो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category