असोज र कार्तिकमा ३ अर्ब ५३ करोडको धानबाली नष्ट, कोशी र मधेशमा धेरै क्षति
काठमाडौं । चालु आर्थिक वर्षको असोज र कार्तिकमा बेमौसमी वर्षाका कारण साढे ३ अर्ब भन्दा बढीको धानबाली क्षति भएको तथ्यांकले देखाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको क्षति सम्बन्धी अध्ययन प्रतिवेदनमा गत असोज र कार्तिकमा बेमौसमी वर्षाले करिब ३ अर्ब ५३ करोड २३ लाख ९६ हजार रुपैयाँको धानबालीको क्षति भएको देखाएको हो।
असोजमा करिब ११७५५.३२ हेक्टर क्षेत्रफलमा २७ हजार ७५९ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको थियो। करिब ८६ करोड ८२ लाख ७२ हजार रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ।
मधेश प्रदेशको ,धनुषा,पर्सा ,बारा,महोत्तरी ,रौतहट सप्तरी सर्लाही र सिरहामा मात्र ७० करोड ९९ लाख १३ हजार रुपैयाँको धानबाली क्षति भएको छ। कोशी प्रदेशमा १४ करोड ८० ४० हजारको ३ हजार ८०७ मेट्रिक टन धान उत्पादन क्षति भएको छ।
त्यस्तै,कार्तिक महिनामा बेमौसमी वर्षाका कारण २ अर्ब ६६ करोड ४१ लाख २४ हजारको धान बाली क्षति भएको छ। करिब २० हजार १ हेक्टरमा धान खेती प्रभावित भएको हो।
७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा ह्वास आएको मन्त्रालयले जनाएको छ। कोशी प्रदेशका १४ जिल्लामा करिब २ अर्ब १ करोड ४३ लाख ६७ हजार रुपैयाँको ५६ हजार २६७ मेट्रिक टन धान क्षति भएको छ।
यस समयमा सबैभन्दा बढी क्षति झापा जिल्लामा भएको छ भने सबैभन्दा कम बर्दिया जिल्लामा भएको देखिएको छ।
मधेश प्रदेशमा ४ करोड १३ लाख ३८ हजार रुपैयाँको १ हजार २९७ मेट्रिन टन धानमा क्षति भएको छ। त्यसैगरी बागमति गण्डकी र लुम्बिनीमा क्षति कम भएको छ। चालु आर्थिक वर्षमा करिब १३ लाख ६ हजार २९३ क्षेत्रफलमा धान रोपाइ भएको थियो।
The post असोज र कार्तिकमा ३ अर्ब ५३ करोडको धानबाली नष्ट, कोशी र मधेशमा धेरै क्षति appeared first on BIZMANDU.