npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले कांग्रेसको दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको हो। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले दिने पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा थिए।

Read more news from Kendrabindu

Explore by Source or Category