Sutra News
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो
सुत्र न्युज
|
10 hours ago
काठमाडौं । चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
‘शिजियान–२८’ नामक उपग्रह स्थानीय समय अनुसार बेलुका ८ः२० बजे परिमार्जित लङ मार्च–७ बुस्टर रकेटमार्फत अन्तरिक्षतर्फ पठाइएको हो । उपग्रहले आफू निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सरकारी निकायहरूले जनाएका छन् ।
यो प्रक्षेपण लङ मार्च श्रृंखलाका रकेटहरूको ६११ औँ उडान मिशन रहेको चीनको अन्तरिक्ष कार्यक्रमले जनाएको छ । शिजियान–२८ उपग्रह वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षणका विभिन्न उद्देश्यका लागि प्रक्षेपण गरिएको बताइएको छ । सीसीटीभी