निर्वाचन महाउत्सवका बीच काठमाडौँमा ‘चेरी उमंग’ (तस्विरहरू)
Supriya Acharya
|
4 hours ago
काठमाडौँ । बसन्त ऋतुसँगै अहिले काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन् । उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले शहरमा थप सुन्दरता थपिएको छ ।
पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो । चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् ।
जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलले अहिले काठमाडौं शहरको सुन्दरता बढाउने काम गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
