RONB post
कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन
RONB Post
|
1 day ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ ।
त्यस्तै, ४ देखि साढे ४ बजे दाबी विरोध गर्न पाइनेछ । साढे ४ देखि ५ बजेसम्म उमेदवारमाथिको दाबी विरोधको छानबिन हुनेछ ।
दाबी विरोधको छानबिनपछि ५ः०५ बजे पुनः नामावली प्रकाशन, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
The post कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन appeared first on RONB post.