npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

महानगरका ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’ को प्रगति ३ दिनभित्र बुझाउन अधिकृत गुरागाईँको निर्देशन

पालिका ब्यूरो 1 week ago

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद गुरागाईँले महानगरका ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’हरुको प्रगति प्रतिवेदन तीन दिनभित्र अनिवार्य रूपमा पेश गर्न सम्बन्धित शाखा तथा विभागहरूलाई निर्देशन दिएका छन् ।

महानगरले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका र आम सरोकारका क्षेत्रमा पर्ने कार्यक्रमलाई प्राथमिकताका लागि वर्गीकरण गरेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार तथा पूर्वाधार विकासजस्ता योजनालाई ‘गौरव योजना’का रूपमा राखिएको छ ।

त्यस्तै, निरन्तर सञ्चालन हुने र नागरिकको प्रत्यक्ष चासोमा पर्ने कार्यक्रमलाई ‘स्वर्णिम योजना’का रूपमा व्यवस्थापन गरिएको छ। कतिपय योजना निर्माणपश्चात् मर्मत–सम्भार आवश्यक पर्ने प्रकृतिका हुन्छन् भने कतिपय योजनालाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक पर्छ। यी योजनालाई व्यवस्थित, परिणाममुखी तथा सूचकका आधारमा मापन गर्न मिल्ने बनाउने उद्देश्यले वर्गीकरण गरिएको हो ।

महानगरका ११ वटा गौरव योजना र ३० वटा स्वर्णिम योजना पहिलो पटक १३औँ नगरसभामा विनियोजन विधेयकमार्फत प्रस्तुत भएका थिए । यसका प्रगतिलाई चुस्त तथा प्रभावकारी बनाउन गुरागाईँले तात्कालिक रुपमा प्रतिवेदन माग गरेको कार्यालयले जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category