npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

‘सिइओहरुसँग चन्दा मागेको छैन, सामान्य पत्र देखाएर नभएको हल्ला चलाइयो’

Sudarshan Shrestha 23 hours ago

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक देवी संग्रौलाले बैंक तथा वित्तीय संस्थाका सिइओहरुसँग आफूहरुले कुनै चन्दा नमागेको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘तथ्य र तर्क’मा बोल्दै संग्रौलाले यस्तो बताएका हुन् ।

उनले पछिल्लो दिन आफूहरुले बैंक तथा वित्तीय संस्थाका सिइओसँग चन्दा मागेको भन्दै फैलाइएको हल्ला भ्रामक भएको दाबी गरेका छन् । 

‘हामीले कुनै पनि बैंक तथा वित्तीय संस्थाका सिइओसँग चन्दा वा आर्थिक सहयोग मागेको छैन, होइन ।’, संग्रौलाले भने, ‘दुर्गा प्रसाईंको अभियानलाई बदनाम गराउन संयोजकले चन्दा मागे भन्दै गलत हल्ला फैलाइएको हो । हामीले कसैसँग पनि चन्दा मागेका छैनौँ । मागेको भए प्रमाण पेस गर्नु चुनौती दिन्छु ।’

त्यस्तै, उनले आफूहरुलाई बदनाम गराउन लागि परेका केही समूहले नियतबस् त्यस्तो हल्ला चलाएको दाबी गरेका छन् । बरु मंसिर ७ गतेका लागि घोषणा गरिएको आन्दोलनमा भौतिक सहयोग गर्न बैंकका सिइओहरुलाई पत्राचार गरेको भने संग्रौलाले स्वीकारेका छन् । 

‘हामीले मंसिर ७ गते आन्दोलन हुँदैछ । भौतिक सहयोग गर्नुस् भनेर जानकारी पत्र पठाएका हौँ ।’, उनले भने, ‘तर चन्दा दिनुस् भनेको होइन । सामान्य रुपमा दिइएको जानकारी पत्र देखाएर नभएको हल्ला चलाइयो ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category