npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आर्क्श ग्रुपको ग्रीन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय माइक्रो र लक्जरी बस बिक्री गर्ने

Narayan 15 hours ago

काठमाडौं। चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन तथा डिजेल लक्जरी बस आर्क्र्श ग्रुपको ग्रीन अटोमोबाइलले गर्ने भएको छ।

ग्रीन अटोमोबाइल विद्युतीय कमर्सियल सवारीसाधनमार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो।

नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न निरन्तर प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिबद्ता ग्रीन अटोमोबाइलले जनाएको छ। गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तार पनि अटोमोबाइलले गर्नेछ।

अटोमोबाइलले पछिल्ला वर्षहरुमा आर्जन गरेको बिश्वसनीयता र अनुभवले गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधनको बजार विस्तारमा फड्को मार्ने विश्वास कम्पनीको छ।

हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारीसाधन बिक्री हुँदै आइरहेका छन्। कम्पनीले छिट्टै १२, १६ र १९ सिट क्षमताका विद्युतीय माइक्रोबस, मिनीबस तथा २९, ३३, ३६, ४१ सिट क्षमताका लक्जरी बस बजारमा ल्याउने छ।

यसका लागि आयात प्रक्रिया सुरु भइसकेको छ। कम्पनीले सवारीसँगै स्पेयर पार्टस् र विभिन्न शहर तथा रुटमा सर्भिस सेन्टर खोल्ने काम सुरुवात गरेको छ।

गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सीएटीएलको ब्याट्री, ८० किलोवाट पिक र ५० किलोवाट रेटेड पावरको विद्युतीय मोटर, एबीएस तथा ईबीडीलगायत विशेषता छन्। माइक्रोबसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीले जनाएको छ।

The post आर्क्श ग्रुपको ग्रीन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय माइक्रो र लक्जरी बस बिक्री गर्ने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category