एमसिसीद्वारा क्यानलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान
काठमाडौं (हाम्रो खेलकुद)- मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२५ प्रदान गरेको छ ।
आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमबीच एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गरे ।
एमसीसीबाट प्राप्त स्पिरिट अफ क्रिकेट अवार्ड क्यानले अब एनपिएल टिमलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने सचिव खड्काले बताए। उनले प्राविधिक टोलीको सिफारिसमा एनपिएलको एक टोलीलाई यो अवार्ड प्रदान गर्ने बताए। यो अवार्ड एनपिएलको पहिचान हुने पनि उनको विश्वास छ।
क्यानका सचिव खड्काले अब यसपटकको विश्व कपमा नेपालले इङ्गल्याण्डसँग खेल्दैछ प्रसंग उल्लेख गरे । यदि उत्कृष्ट नतिजा आएमा इङ्गल्याण्डमा र लर्डसमा नै नेपालको लागि खेल्नको लागि ढोका खुल्न आशा उनको छ ।
एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक लिन्चले यो अवार्डलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए। उनले एनपिएलबाट निकै प्रभावित भएको र आगामी दिनमा नेपाली क्रिकेटलाई सहयोग गर्न एमसिसी तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
लर्डसको खेल तालिका हेरेर नेपाली टोलीलाई लर्डसमा खेल्ने विषयमा पनि छलफल भएको बताए। लिन्चले नेपाली टोलीले लर्डसमा खेल्दा देखि टियु मैदानसम्म नेपाली दर्शकको उत्साहको खुलेर प्रशंसा पनि गरे।
The post एमसिसीद्वारा क्यानलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान first appeared on हाम्रो खेलकुद.