npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एनएलआईसीको डेढ करोड

नेपालन्युज 4 hours ago

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँको सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघाई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सोमबार संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको सह-सचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

२३ र २४ भदौको जेन-जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि एनएलआईसीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गरेको हो ।

कम्पनीले गरेको सहयोगप्रति अर्थमन्त्री खनालले धन्यवाद ज्ञापन गरे। प्रवक्ता पाण्डेयका अनुसार कोषमा आज (सोमबार) सम्म ११ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category