npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

गगन पक्षका नेताहरू आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा

नेपालन्युज 4 hours ago

काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।

आजैमात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए ।

उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।

आयोगले उनीहरूलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको थियो । त्यस्तै बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अद्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो ।

 

Read more news from नेपाल न्युज

Explore by Source or Category