npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

अस्ट्रेलियाका पूर्वखेलाडी हार्भे नेपालको बलिङ प्रशिक्षक नियुक्त

नेपालन्युज 11 hours ago

काठमाडौँ। अस्ट्रेलियाका पूर्वअलराउन्डर इयान हार्भे नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टी–२० विश्वकपलाई लक्षित गर्दै उनलाई बलिङ प्रशिक्षकका रूपमा टोलीमा समेटेको हो।

टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा हुँदै छ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका आठ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुई-दुईपटकका च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बाङ्लादेश छन्।

५३ वर्षीय हार्भेसँग टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छैन। यद्यपि, उनले टी-२० फ्रेन्चाइज लिग भने खेलिसकेका छन्। उनले ७३ एकदिवसीयमा ७१५, फस्ट क्लासका १६५ खेलमा आठ हजार ४०९, लिस्ट ‘ए’का ३०५ खेलमा पाँच हजार ९७७ र क्लबका ५४ खेलमा एक हजार ४७० रन बनाएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category