npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

चेल्सीमाथि आर्सनलको रोमाञ्चक जित

नेपाल न्युज 1 hour ago

काठमाडौँ। आर्सनलले लिगकपको पहिलो लेगको सेमिफाइनलमा बुधबार चेल्सीलाई ३–२ ले हराएको छ ।

यो जित हात पार्दै फाइनल प्रवेशको नजिक पुगेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो। ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे।

त्यस्तै, ५७ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याए। ७१ औं मिनेटमा मार्टिन जुविमेन्डीले गोल थप्दै आर्सनललाई १–३ ले अघि बढाए । ८३ औं मिनेटमा गर्नाचोले नै व्यक्तिगत र टोलिका लागि दोस्रो गोल फर्काए।

दोस्रो लेगको सेमिफाइनल फेब्रवरी ४ मा इमिरेट्समा हुनेछ र आर्सनल नै फाइनल प्रवेशका लागि बलियो देखिएको छ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई न्युकासल युनाइटेडमाथि अग्रता प्राप्त रहेको छ ।

Read more news from नेपाल न्युज

Explore by Source or Category